त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको १४ बर्ष पुग्यो, हालसम्म कुल ७१५ जनाको प्रत्यारोपण

काठमाडौँं, २३ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको आज १४ बर्ष पुगेको छ । यो अवधीमा अस्पतालमा ७१५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

सन् २००८ अगष्ट ८ तारिख अर्थात १४ बर्ष अघि आजकै दिन त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गर्दा एक जना ३४ बर्षका पुरुष मिर्गौला प्रत्यारोपणका गराईदिनुहोस भन्दै अघि सरेका थिए । उनलाई आफ्नी श्रीमतीले प्रत्यारोपणका लागि मिर्गौला दान गरेकी थिईन् । त्यो प्रत्यारोपण नेपालकै सफल भएको पहिलो प्रत्यारोपण मानिने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम)की डीन प्राडा दिव्यासिंह शाह बताउँछिन् ।

उनले यो अवधीमा प्रत्यारोपण सेवामा निरन्तरता दिनुका साथै आईओएमले प्रत्यारोपणविज्ञ तयार गर्ने काम गरेको बताउछिन् ।

‘अहिले हामीकहाँबाटै डीएम एमसीएच गरेका विज्ञ चिकित्सकहरु तयार भईसकेका छन् । हामीले त्यसबेला सुरु गर्दा विश्वका विभिन्न देशमा गएर सीप सिक्नु पर्दथ्यो,’ डा साहले भनिन् ।

उनले यो अवधीमा त्रिवि शिक्षण अस्पतालमा १८ वर्ष मुनिका ९ जना बालबालिकाको पनि प्रत्यारोपण गरेको बताईन् । उनले फरक रक्त समूह, एचआईभी तथा हेपाटाइसिस भएका व्यक्तिको समेत सफल प्रत्यारोपण गरेको सुनाईन् ।

डा साहले अहिले अस्पतालमा प्रयाप्त जनशक्ति भएपनि प्रत्यारोपणका लागि शल्यक्रिया कक्षको पालो मिलाउनुपर्ने बाध्यताले सातामा दुई जनाको मात्रै प्रत्यारोपण गर्ने गरेको बताईन् । उनले प्रत्यारोपणका लागि आवश्यक डोनरको पनि अभाव हुने गरेको दावि गरिन ।

‘प्रत्यारोपण गर्ने त भनिन्छ तर डोनर भेटिदैन् । त्यसैले मस्तिष्कमृत्यु भएकाहरुको अंगदान लिनु पर्छ । त्यसका लागि अभियान चलाउनु पर्ने आवश्यकता देखिएको छ,’ उनले भनिन् ।

सरकारले अहिले मिर्गौला प्रत्यारोपण र त्यसपछि औषधिका लागि गरी करीब साढे ५ लाख रुपैयाँको औषधिउपचार निशुल्क गरिदिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *