प्रमुख विशेषज्ञ पदलाई अतिरिक्त स्वास्थ्य सचिवमा बदल्ने स्वास्थ्यको तयारी

काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ पदलाई अब अतिरिक्त स्वास्थ्य सचिव बनाईने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव बाहेकका अधिकृत १२ औँ तहका प्रमुख विशेषज्ञ पदलाई अतिरिक्त स्वास्थ्य सचिवको रुपमा नाम परिवर्तन गर्न खोजेको छ ।

स्वास्थ्यमा अहिले सचिव बाहेक कुल चारवटा पद १२ औँ तहको छ, जसलाई प्रमुख विशेषज्ञ पद भनिने गरिन्छ ।

प्रमुख विशेषज्ञ पदलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने प्रस्ताव मन्त्रिपरिषदमा आइतबार दर्ता गरिसकिएको छ ।

;पदको नाम परिवर्तन गर्ने प्रस्ताव आइतबार नै मन्त्रिपरिषदमा दर्ता भईसकेको छ । अब बस्ने बैठकले आवश्यक निर्णय गर्ला,’ मन्त्रालय स्रोतले भन्यो ।

नामाकरण अतिरिक्त स्वास्थ्य सचिव भनिएपनि जिम्मेवारी भने प्रमुख विशेषज्ञ पदमा रहँदा जे थियो त्यहि नै हुने स्रोतले बतायो ।

अहिले १२ औँ तहका प्रमुख विशेषज्ञको पद मन्त्रालयमा दुई, स्वास्थ्य सेवा विभागको महानिर्देशक एक र वीर अस्पतालको निर्देशक एक गरी कुल चार वटा रहेको छ ।

अहिले स्वास्थ्यमा सचिव डा रोशन पोखरेल बाहेक डा श्यामसुन्दर यादव, डा दीपेन्द्ररमण सिंह, डा गुणराज लोहनी र डा संगिता मिश्र १२ औँ तहको अधिकृतको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *