स्वास्थ्य बीमालाई व्यवसायिक बीमाको रुपमा बुझिनु गलत : सांसद योगेश भट्टराई

काठमाडौँ, २२ साउन । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले स्वास्थ्य बीमा ऐन २०७४ अनुसार नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा भएको उल्लेख गर्दै गत १५ जेठमा प्रस्तुत बजेटले यसलाई बिर्सिएको बताए ।

‘अहिले देशका १७ लाख परिवार (झण्डै ३३ प्रतिशत) स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको अवस्था छ, ५६ लाख ५० हजार मानिस करिब २२ प्रतिशत प्रत्यक्ष आवद्ध भएको छ । र सरकारले ‘अहिलेसम्म सरकारले २० अर्ब बढी भुक्तानी गरेको छ,’ उनले भने । तर, पछिल्लो बजेट वक्तत्य १५१ को बुँदाबाट स्वास्थ्य बिमा कार्यक्रममाथि गम्भीर आघात पुगेको छ,’ उनले भने ।

यसअघि आफूले पटक—पटक यस विषयमा संसदमा कुरा उठाएको स्मरण गर्दै १५१ नम्बर बुँदाले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी कम्पनीबाट चलाउने मनसाय व्यक्त गरेको दावी गरे । उनले ‘पछिल्ला केही समय केही स्वास्थ्य केन्द्र र अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध गरेको गरेको भन्दै यसले आम जनतालाई अफ्टेरो परेको बताए ।

सांसद भट्टराईले हुनेबाट नहुनेबाट दिने प्रगतिशील अवधारणाअनुसार स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउँदैं बजेटमा उल्लेखित १५१ नं. बुँदा संशोधन लागि निर्देशन दिँदा पनि त्यसको कार्यन्वन नभएको बताए । उनले त्यही कारण लाखौं मानिस उपचार पाउनबाट प्रभावित भएको दावी गरे ।

उनले स्वास्थ्य बीमाको दायरा १० लाख रुपैयाँ पु र्‍याउन समेत सरकारको ध्यानाकर्षण गराए ।

‘हामीले स्वास्थ्य बीमाको  दायरा बढाउनुपर्नेछ,’ उनले भने, ‘अहिले १ लाख भुक्तानी दिइन्छ, त्यसले ठूलो बिरामी भएमा धान्दैन्, त्यसैले यसलाई १० लाख पु¥याउनुपर्छ ।’उनले भने ।

गंगालाल अस्पतालका चिकित्सकको उमेर हद बढाएकोमा बिरोध
सांसद भट्टराईले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको उमेर हद बढाएको प्रति पनि बिरोध जनाए । उनले भने, ‘हालै गंगालाल अस्पतालमा एक जना चिकित्सकको भोलि २३ गते ६० वर्षे उमेर हदले समयावधि सकिदैं थियो । प्रधानमन्त्रीको निर्देशनमा हिजोमात्रै शनिबारको दिन स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर ६३ वर्षको उमेर हद गर्ने गरी नियमावली संशोधन भएको छ । म यो पञ्चमुखी सरकार, पञ्च टाउके सरकारलाई सोध्न चाहन्छु, यहाँ एउटा मात्रै प्रधानमन्त्री हुनुहुन्न, एउटा मात्रै प्रधानमन्त्रीको कुर्सी छ, चार जना डिफ्याक्टो प्रधानमन्त्री भएको सरकार यति बहादुर छ चाह्यो भने ६३ वर्ष गरिदिन सक्छ, चाह्यो भने ८० वर्ष गरिदिन सक्छ । म यति बहादुर र बलियो सरकारलाई भन्न चाहन्छु, ती चिकित्सकको नागरिकता खिचेर ४० वर्ष बनाइयोस् । त्यसो गर्दा उहाँले अरु २० वर्ष जागिर खान पाउनुहुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *