चौबिस घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

72
Shares

काठमाडौँ, २० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कारोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ६ हजार ४९१ नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३२१, ललितपुरमा ५४ र भक्तपुरमा १५ जना गरी उपत्यकामा मात्रै ४२० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५८७ जना र संस्थागत आइसोलेसनमा १७३ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४२ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *