अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते

सियोल, २० साउन । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।

स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो। त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन। सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *