भारतमा १९ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौँ, १९ साउन । पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *