बजेट कार्यान्वयनको अवस्थाबारे मन्त्री र सचिवहरुसंग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालले बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्न विभागीय मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार  प्रधानमन्त्री कार्यलय सिंहदरबारमा विभागीय मन्त्री, सचिव तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरुलाई बोलाई बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

सो अवसरमा विभागीय मन्त्रालयको बजेट कार्यान्वयनको अवस्थाका बारेमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए ।

दिउसो साढे ३ बजे देखि सुरु भएको ब्रिफिङ मिटिङ बेलुका करीव ७ बजेसम्म चलेको थियो ।

‘सबै मन्त्रालयका मन्त्री ज्यू तथा सचिव ज्यूहरु लगायतसंग बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिनु भयो । र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो,’ स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले भनिन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *