भारतमा कोरोना संक्रमितको संख्या घट्यो

नयाँ दिल्ली, १७ साउन । पछिल्लो चौबिस घण्टामा भारतमा १३ हजार सात सय ३४ जनालाई कोरोना संक्रमण पुष्टी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ।

सोमबार १६ हजार ४६४ जना सङ्क्रमित भएका थिए। सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्या केही घटेको हो।

भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ। हाल भारतभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय सङ्क्रमित छन्।

यसैगरी १७ हजार आठ सय ९७ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ८३ हजार सात सय ८७ पुगेको छ।

कोरोना सङ्क्रमणबाट ३४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ३० जनाको मृत्यु भएको छ। महामारी सुरु भए यता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ६० लाख ८१ हजार ८१ मात्रा खोप लगाइएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *