भारतमा मङ्कीपक्स संक्रमणबाट एक जनाको मृत्यु

एजेन्सी, १७ साउन । भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जना युवकको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ।

विश्वका ७५ भन्दा बढी देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *