अस्पतालको आगनमा पुगेर अटोमै सुत्केरी !

अस्पतालको आगनमा आएर अटो मै जन्मिएको नवजात शिशु लिदै डा राजु गुरुङ

गुल्मी १५ साउन । सुत्केरी ब्यथा लागेपछि हतार हतार अटो रिक्सामा अस्पताल पुर्‍याईएकी एक गर्भवतीलाई अस्पताल पुगेर अटोबाट झार्न नम्याउँदै बच्चा जन्माएकी छन् ।

रेसुङ्गा नगरपालिका – ७ की २६ बर्षीया पबित्रा नेपालीले गुल्मी अस्पताल परिसरमा पुगेर अटोमै सुत्केरी भएकी हुन् ।

अस्पतालका प्रमुख डा उत्तम पच्याले अटो रिक्सामा आएकी गर्भवतीलाई अस्पतालको आगनबाट ‘रिसिभ’ गरी ‘लेवर रुम’मा लैजान नभ्याइएको बताए ।

‘पहिलो बच्चा घरमै जन्मिएको रहेछ । दोस्रो बच्चा पनि घरमै होला कि भनेर लामो समय राख्नु भएको रहेछ । पछि अस्पताल लैजानु पर्छ भन्ने कुरा आएपछि अटो खोज्न थाल्नु भएछ । अटोमा राखेर हामी कहाँ त ल्याउनु भयो । तर अटोबाट ओर्लिएर लेबर रुममा लैजाने अवस्था नै भएन । अटोमै सुत्केरी हुनुभयो,’ डा. पच्याले भने ।

सुत्केरी भएपछि अस्पतालको बेडमा स्वास्थ्य लाभ गर्दै पवित्रा

आगनमै आएर अटोमै सुत्केरी हुँदा अस्पतालका चिकित्सक तथा नर्सले आवश्यक सहयोग गरेका थिए ।

डा. पच्याले सुत्केरी भइसकेपछि भने अहिले वार्डमा राखिएको भन्दै आमा र शिशुको स्वास्थ्य सामान्य रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *