अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण

काठमाडौँ, ६ साउन । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । हलुका लक्षण देखिएपछि ७९ बर्षका बाइडनलाई विहीबार विहान कोभिड-१९ को परीक्षण गरिएको थियो । सो क्रममा रिपोर्ट पोजेटिभ आएको हो ।

राष्ट्रपति बाइडनलाई थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् ।

यसैगरी राष्ट्रपति बाइडनकी पत्नी जिल बाइडनका अनुसार उनी संक्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।

ह्वाइट हाउसका कोभिड संयोजक डा आशिष झाका अनुसार राष्ट्रपति वाइडनलाई केही दिन देखि थकाई लाग्ने, नाकबाट सिगान बग्ने तथा सुख्खा खोकी लाग्ने गरेको थियो । उनले राती निन्द्रा समेत राम्ररी नलागेपछि विहीबार विहान परीक्षण गर्दा कोभिड १९ पुष्टि भएको बताए ।

राष्ट्रपति बाइडनका चिकित्सक डा। केभिन कोनोरले ट्वीट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *