सरकारले बनायो ५, १० र १५ शैयाका अस्पतालको संगठन संरचना र दरबन्दी तेरिज (नमूना सहित)

काठमाडौँ, २ साउन ।  सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्थानीय तहलाई पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमूना संगठन संरचना र दरबन्दीको तेरिज सबै स्थानीय तहलाई पठाएको हो ।

प्रस्तावित दरबन्दीमा ५ शैयाको अस्पतालमा आठौँ तहको एक जना मेडिकल अधिकृतको नेतृत्वमा ४ जना नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित १८ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ । १० शैयाको अस्पतालका लागि दुई जना मेडिकल अधिकृत, ५ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित २२ जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

यस्तै १५ शैयाको अस्पतालका लागि नवौँ वा दशौँ तहको मेडिकल जनरलिष्ट एक जना, मेडिकल अधिकृत २ जना स्टाफ नर्स ६ जना हेल्थ असिस्टेन्ट ४ सहित ३० जनाको लागि दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

यस्तो छ संगठन संरचना र दरबन्दी तेरिज

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “सरकारले बनायो ५, १० र १५ शैयाका अस्पतालको संगठन संरचना र दरबन्दी तेरिज (नमूना सहित)

  1. Yo kasto bijog ho local level ma 8 th level ko medical officer 7 th level ko karmchari ko under ma khatinu parx

  2. Eutaa medical officer le HA /CMA ko order follow garnu parney….. medical adhikrit hudaa hudai HA /CMA haru kasari incharge hunchn …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *