स्वास्थ्य बीमा कार्यक्रम धमाधम स्थगित गर्दै निजी मेडिकल कलेज तथा अस्पतालहरु

काठमाडौँ, २ साउन । सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा चलाउने भन्ने बजेटमा उल्लेखित व्यवस्था र गरेको उपचारको सोधभर्नामा भएको ढिलाईको कारण देखाउँदै निजी मेडिकल कलेज तथा अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका छन् ।

झापाको बीएण्डसी अस्पताल, विराटनगरको नोवेल मेडिकल कलेज, बिराट मेडिकल कलेज देखि भरतपुरको चितवन मेडिकल मेडिकल कलेजले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम १ साउन देखि बन्द भएको बताएका छन् ।

यसले ती अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगर्त उपचार सेवा लिई रहेका र लिने तरखरमा रहेका हजारौँ बिरामी प्रभावित भएका छन् ।

निहू बजेटमा आएको कुरा भनेपनि निजी मेडिकल कलेज तथा अस्पतालहरुले केही समय देखि नै बीमा कार्यक्रम प्रति ईच्छा घटाउँदै गएका थिए । वीमा उपचार बापतको भुक्तानी रोकिएको भन्दै उनीहरुले बढी कम्प्लेन गरेका छन् । तर बीमा बोर्डका अधिकारीहरुले त्यो मात्रै कारणले सेवा अवरोध नभएको दावी गरेका छन् ।

एक अधिकारी भन्छन्, ‘अघिल्ला बर्षहरुमा जसरी लुज तरिकाले भुक्तानीका लागि गरिएका दावी स्वीकृत हुन्थ्यो त्यसलाई बीमा बोर्डले कडाई गर्दै गयो । त्यसपछि कन्फीक्ट सुरु भएको हो । पछिल्ला पटक केही निजी क्षेत्रका अस्पतालहरुले अनावश्यक रुपमा पेश गरिएका भुक्तानी र फेक उपचारका घटनाले ती अधिकारीका भनाईलाई पुष्टी गरेको छ ।’

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला बजेटमा उल्लेखित शव्दले गर्दा केही मेडिकल कलेज तथा अस्पतालहरुले सेवा रोकेको आफूले थाहा पाएको बताए । उनले अब बोर्डले के गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसंग राय मागि सकेको भएपनि जवाफ आईनसकेको बताए ।

‘रकम भुक्तानी त हामीले गर्दै आईरहेका छौँ । विगत लामो समय देखि रोकिएका भुक्तानीहरु गएको आर्थिक बर्षमा धेरै हदसम्म टुग्यायौँ । साढे ९ अर्व रुपैयाँ त गत आर्थिक बर्षमा मात्रै भुक्तानी भएको छ । र भुक्तानी क्रमश हुँदै गईरहेको छ,’ उनले भने ।

निर्देशक बसौलाले देशव्यापी बन्दै गईरहेको बीमा कार्यक्रम रोकिदा आम सर्वसाधारणलाई मर्का र अन्योलता भने थपिने बताए ।
उनले बोर्डले सरकारबाट छिटै निकासका लागि पहल हुने आशा राखेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *