ललितपुर महानगरमा आज देखि बालबालिकालाई कोभिडविरुद्धको खोप दिईदै

204
Shares

ललितपुर, २७ असार । ललितपुर महानगर पालिकाले आज देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप फाइजर बायोन्टेक लगाउने भएको छ ।

महानगरले आज देखि तीन दिनसम्म विभिन्न वडामा पालैपालो खोप अभियान संचालन गर्ने भएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आज वडा नं १५, १६, १७, १८, १९, २० र २१ वडामा खोप संचालन हुँदैछ ।

यस्तै भोलि अर्थात २८ असारका दिन २२, २३, २४, २५,२६,२७, २८ र २९ नम्बर वडामा खोप सञ्चालन हुनेछ । २९ असारका दिन भने वडा नं १ देखि २९ नम्बर वडामै अभियान संचालन हुने महानगरले जनाएको छ ।

महानगरले खोप अभियान तोकिएको ठाँउमा विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन हुने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *