ललितपुर महानगरमा आज देखि बालबालिकालाई कोभिडविरुद्धको खोप दिईदै

ललितपुर, २७ असार । ललितपुर महानगर पालिकाले आज देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप फाइजर बायोन्टेक लगाउने भएको छ ।

महानगरले आज देखि तीन दिनसम्म विभिन्न वडामा पालैपालो खोप अभियान संचालन गर्ने भएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आज वडा नं १५, १६, १७, १८, १९, २० र २१ वडामा खोप संचालन हुँदैछ ।

यस्तै भोलि अर्थात २८ असारका दिन २२, २३, २४, २५,२६,२७, २८ र २९ नम्बर वडामा खोप सञ्चालन हुनेछ । २९ असारका दिन भने वडा नं १ देखि २९ नम्बर वडामै अभियान संचालन हुने महानगरले जनाएको छ ।

महानगरले खोप अभियान तोकिएको ठाँउमा विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन हुने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *