नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७८ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २५ असार । नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै मिडवाफइ तर्फ ५० प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।
परिषदका् रजिष्टार बिन्दा घिमिरेका अनुसार आजको परीक्षामा नर्सिङ तर्फ कुल ५ हजार ३९६ जना सहभागी भएका थिए । त्यसमध्ये ४ हजार २३४ जना ( ७८.४६ प्रतिशत) उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) उत्तीर्ण भएका छन् ।
परिषदले चार चार महिनाको अन्तरमा बर्षमा तीन पटक लाइसेन्स परीक्षा लिने गरेको छ । यो पटक लिइएको परीक्षा नर्सिङ तर्फ ३० औँ र मिडवाईफ तर्फ सातौँ हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



