डा. साह र डा. चापागाईँलाई मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी

काठमाडौँ, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरका दुई ठूला अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट परिवर्तन गरेको छ । सप्तरीको गजेन्द्रनारायण सिंह र नेपालगञ्जको भेरी अस्पतालको मेसु परिवर्तन गरिएको हो ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गजेन्द्रनारायणसिंह अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई पठाएका छन् । उनी यसअघि केन्द्रीय कारागार अस्पतालका प्रमुख थिए । यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रमुख कन्सल्टयान्ट चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईंलाई मेसुको जिम्मेवारी दिएका छन् ।

‘दुबै अस्पतालमा केही समय देखि मेसुको दरबन्दी खाली थियो । ती स्थानमा उहाँहरुलाई जिम्मेवारी दिइएको हो,’ मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *