जापानका पूर्व प्रधानमन्त्री आबेको अचेत अवस्थामा उपचार हुँदै

एजेन्सी, २४ असार। जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर रहेको जाइएको छ । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको थियो ।

कार्यक्रममा भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

गोली लागेर ढलेका आवेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उनको अचेत अवस्थामा नै उपचार भैरहेको छ ।

उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ ।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *