आरजु राणा देउवालाई कोरोना संक्रमण

192
Shares

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

उनी चिकित्सको निगरानीमा रहेकाले कुनै खतरा भने देखिएको छैन ।

उनको असार २१ (जुलाई ५) गतेको भारत भ्रमण कार्यक्रम तय भएपनि कोरोना देखा परेपछि हाललाई स्थगित भएको सचिवालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *