आरजु राणा देउवालाई कोरोना संक्रमण

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

उनी चिकित्सको निगरानीमा रहेकाले कुनै खतरा भने देखिएको छैन ।

उनको असार २१ (जुलाई ५) गतेको भारत भ्रमण कार्यक्रम तय भएपनि कोरोना देखा परेपछि हाललाई स्थगित भएको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *