दक्षिण कोरियामा भेटिए ९ हजार पाँच सय बढी कोरोना संक्रमित

32
Shares

सियोल, १६ असार । दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९ हजार ५९५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

यो सँगै संक्रमितको कूल संख्या १८ लाख ३५ हजार ९ सय ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

दैनिक संक्रमितको संख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ। तर, कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७ हजार ४९३ भन्दा बढी थियो।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ।

थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार ५४७ पुगेको छ। कूल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *