त्रिपुरासुन्दरीमा निःशुल्क एम्बुलेन्स सेवा सुरु

72
Shares

जाजरकोट, १६ असार । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *