त्रिपुरासुन्दरीमा निःशुल्क एम्बुलेन्स सेवा सुरु

जाजरकोट, १६ असार । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *