लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
काठमाडौँ, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् । ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।
जेठ ३१ दाङ्गस्थित एकराज बस्नेतको घरमा विहानै पुगेर पत्नी र छोरीलाई कुटपिट गरेको आरोप लागेको दुई हप्तापछि उनको राजीनामा आएको हो । अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् ।
राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलबहादुर केसीले राजीनामा दिन दबाब दिएको बुझिएको छ । वलीको विषयमा छानविन चलिरहेको छ ।
वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]