लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

काठमाडौँ, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् । ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।
जेठ ३१ दाङ्गस्थित एकराज बस्नेतको घरमा विहानै पुगेर पत्नी र छोरीलाई कुटपिट गरेको आरोप लागेको दुई हप्तापछि उनको राजीनामा आएको हो । अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् ।
राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलबहादुर केसीले राजीनामा दिन दबाब दिएको बुझिएको छ । वलीको विषयमा छानविन चलिरहेको छ ।
वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




