सिंहदरबार बैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव

काठमाडौँ, १४ असार । सिंहदरबार बैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा श्यामबाबु यादवले पाएका छन् । गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा यादवले सो जिम्मेवारी पाएका हुन् ।

उनी यसअघि टेकुस्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा थिए ।

वैद्यखानाका निमित्त निर्देशक रहेका डा सबरी साहलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग पठाइएको छ ।

जिम्मेवारी पाएका डा यादवले सोमबारबाट नै पदवहाली गरेका छन् ।

तत्कालिन स्वास्थ्य मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार बैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *