नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले लिए शपथ

काठमाडौँ, १३ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा नवनियुक्त खापुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका खापुङले शपथपछि आजै कार्यभार सम्हाल्दैछन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् । यसअघि मन्त्रीमा उनकै पार्टीका विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनलाई फिर्ता बोलाएर खापुङलाई मन्त्रीमा बढुवा गरिएको हो।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, बनेका छन् ।

राष्ट्रपति भण्डारीले गत असार  ९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतवार मन्त्री हेरफेर गरेकी हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *