चौबिस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

96
Shares

काठमाडौँ, १० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३२ जनामा र १ हजार ७०३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौँमा ८ जना, भक्तपुरमा २ जना र ललितपुरमा ४ जना गरी उपत्यकामा मात्रै १४ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ८१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ७७ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा २ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *