स्रोतबाटै फोहरको वर्गीकरण नगरे रु ५०० जरिवाना

204
Shares

काठमाडौँ, ९ असार । आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो ।

कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।

“यसअघि सबै किसिमको फोहर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन त्यसैले अहिले देखिनै बानी पार्नका लागि कामपाले सम्झाएको हो”, प्रमुख राईले भने । कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको छ ।

३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमानै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *