गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अघि बढाइने छ : प्रधानमन्त्री देउवा

कैलाली, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजमा निर्माण भइरहेको मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् ।

‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’उनले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद ।’उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडी बढाउनु पर्ने बताएका थिए ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

त्यसैगरी गत सोमबार विहान प्रतिनिधिसभा र राष्ट्रिय सभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरु बालुवाटार पुगेर कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन ध्यानाकर्षण समेत गराएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *