सात वटै प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनमा ल्याइने : स्वास्थ्यमन्त्री खतिवडा

336
Shares

काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सात वटै प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनमा ल्याइने बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले पालिकास्तर र वडास्तरमा नयाँ अस्पताल निर्माणसँगै पुराना र जीर्ण अवस्थामा रहेका संरचनाको काम पनि अगाडि बढाउने बताए ।

उनले सरकारले मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया लगायतका उपचार सातै प्रदेशबाट गर्ने गरी योजना बनाएको भन्दै पोखरा र सुर्खेतका लागि सम्झौता भइसकेको र अन्य स्थानमा आवश्यकताका आधारमा सम्झौता गरी उपचार अगाडी बढाइने बताए ।

उनले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान सञ्चालनमा ल्याउने नीति यस वर्षदेखि आएकाले त्यसलाई पनि लागु गरिने बताउदै ४० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण र महिलाको पाठेघरको निःशुल्क परिक्षण गरिने पनि बताए ।

मन्त्री खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको भन्दै स्वास्थ्य बिमा ऐनको विपरीत आफूले काम नगर्ने पनि बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *