चौबिस घण्टामा २५ जना कोरोना संक्रमित थपिए , १५ जना डिस्चार्ज भए

76
Shares

काठमाडौँ, १ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण गर्दा १९ जनामा र १ हजार ४९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७ , ललितपुरमा ३ जना गरी उपत्यकामा १० जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *