१२ देखि १७ वर्षसम्मका किशोर-किशोरीलाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज

300
Shares


काठमाडौ, २७ जेठ । सरकारले १२ देखि १७ वर्षसम्मका किशोर-किशोरीलाई सरकारले आजदेखि कोभिडविरुद्धको बुस्टर डोज खोप दिँदै छ।

पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेका किशोर किशोरीलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले मोडर्ना तथा फाइजर खोप दिँदै आएको छ। बुस्टर डोजमा पनि उनीहरुलाई मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ।

यसैबीच, सरकारले आगामी ९ असार देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । उक्त उमेर समूहका बालबालिकाहरुलाई कोभ्याक्स सुविधा मार्फत प्राप्त हुने फाइजर पेडियाट्रिक डोज दिन लागिएको हो ।

पहिलो चरणमा २७ जिल्ला र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन हुँदैछ । पहिलो चरणमा परेका २७ वटा जिल्लामा पहिलो मात्रा खोप ९ देखि १५ असार सम्म सञ्चालन गर्ने र सोही समूहलाई २ देखि ८ साउनसम्म दोस्रो मात्रा खोप दिने तयारी छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *