भारतमा एकैदिन भेटिए ७ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित

काठमाडौँ, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ । पछिल्लो चौबिस घण्टामा ७ हजार २४० जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार ५ हजार २३३ जना कोरोना सङ्क्रमित भेटिएका थिए ।

यस्तै, बुधबार सक्रिय संक्रमितको संख्या २८ हजार ८५७ रहेको थियो भने बिहीबार बढेर ३२ हजार ४९८ पुगेको छ । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७२३ जनाको मृत्यु भइसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *