भारतमा एकैदिन भेटिए ७ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित

काठमाडौँ, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ । पछिल्लो चौबिस घण्टामा ७ हजार २४० जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार ५ हजार २३३ जना कोरोना सङ्क्रमित भेटिएका थिए ।
यस्तै, बुधबार सक्रिय संक्रमितको संख्या २८ हजार ८५७ रहेको थियो भने बिहीबार बढेर ३२ हजार ४९८ पुगेको छ । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।
भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७२३ जनाको मृत्यु भइसकेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



