केडीसीमा अब हप्ताको सातै दिन दन्त उपचार सेवा

324
Shares

काठमाडौँ, २६ जेठ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले हप्तामा सातै दिन  पुरा समय  दन्त उपचार सेवा दिन थालेको छ । यसअघि शनिबार आधा दिन मात्रै सेवा उपलव्ध हुने गर्दथ्यो ।

अस्पतालले बिरामी /सेवाग्राहीलाई समयमै सहज रुपमा सेवा दिने उद्धेश्यले हप्तामा सातै दिन पुरा समय उपचार दिन थालेको बताएको छ ।

‘अब हामीकहाँ हप्ताको सातै दिन विहान ९ बजे देखि बेलुका ६ बजेसम्म दन्त उपचार सेवाहरु उपलव्ध छन् । बिरामीले समयमै सहज रुपमा उपचार सेवा पाउन भनेरै सेवा समय थपेका हौँ,’ केडीसीका निर्देशक डा. प्रतिक्षा श्रेष्ठले भनिन् ।

उनले शनिबार विदाको दिन समेत समय थपिई सेवा नियमित हुँदा विद्यार्थी तथा कर्मचारीहरुलाई ठूलो राहत हुने विश्वास व्यक्त गरिन् ।

‘अब शनिबार पनि अन्य दिन जस्तै उपचार सेवा उपलव्ध छन् । खासगरी विद्यार्थी तथा कर्मचारी बर्ग जो अन्य दिन अस्पताल आउन भ्याउनु हुँदैन् । शनिबार उहाँहरुका लागि पनि सहज हुने भयो,’ डा. श्रेष्ठले भनिन् ।

केडीसी दन्त उपचार सेवामा देशकै अब्बल अस्पतालमा मानिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *