वीरेन्द्रनगर : ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

112
Shares

वीरेन्द्रनगर, २४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो ।

बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिई निश्चित मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *