वीरेन्द्रनगर : ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वीरेन्द्रनगर, २४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो ।

बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिई निश्चित मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *