सातामा दुई दिन विदा दिने निर्णयबाट पछि हट्यो सरकार, अब आइतबार बिदा नहुने
काठमाडौं, २३ जेठ । सरकारले आइतबार विदा दिने खारेज गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आइतबार विदा दिने निर्णय खारेज गरेको हो । यो निर्णय आगामी १ बैशाख देखि लागू हुने बताइएको छ ।
यसअघि गत १३ बैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन शनिबार र आईतबार विदा दिने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयन १ जेठ देखि हुने भन्दै २६ बैशाखको राजपत्रमा प्रकाशित भएको थियो ।
खर्चमा मितव्ययिता अपनाउन भन्दै सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो । स्वास्थ्य क्षेत्रमा पनि आइतबारको विदाले झनै अन्योल पैदा गरेको थियो ।
कतिपय अस्पतालहरुले बिरामीको हितलाई भन्दै आइतबार विदा नदिने निर्णय गरेका थिए । कतिपयले विदा दिदा बिरामीहरुले थप सास्ती खेप्नु परेको थियो ।
आजैमात्र आइतबार बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
सम्पर्क इमेल : [email protected]