जोगियो त स्वास्थ्य मन्त्री खतिवडाको पद ?

विरोध खतिवडाको प्रतिक्रिया : ‘हिजो के भयो, आज के भयो मलाई थाहा छैन्’

मेटमणि चौधरी भन्छन्: 'हिजो पार्टीको बैठकले गरेको निर्णय परिवर्तन भएको छैन्'

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादीले आफूहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि असन्तुष्ठ भएका मन्त्रीहरु सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन बालुवाटार पुगेका थिए । उनीहरुले बजेटको छलफल चल्दा चल्दै मन्त्रालयगत छलफलमा सकिदा नसकिदै बीचमै हटाउदा पर्न सक्ने अफ्टयाराबारेमा ध्यानाकर्षण गराए ।

मन्त्रीहरुका कुरा सुनेका प्रधानमन्त्री देउवाले उनीहरुको कुरामा सही थाप्दै तत्काल नहटाउने प्रतिवद्धता गरे । त्यस लगत्तै मन्त्रीहरु माओवादी अध्यक्ष प्रचण्डसंग समेत फिर्ता बोलाउने निर्णय फिर्ता लिनका लागि आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई भनिदिनका लागि आग्रह गरे ।

उनले पनि सकारात्मक आश्वासन दिए । त्यसपछि मन्त्रीहरुले नियमित रुपमा काममा फर्केको जनाएका थिए । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला भएको र त्यो बजारमै सकिएको बताए । उनले बजेट चलिहरेको बेलामा मन्त्रीहरु फेरिने कहि कतै नभएको बताए ।

‘मैले हिजो के भएको थियो भन्ने निर्णय पनि थाहा भएन, आज के भयो भन्ने पनि थाहा छैन् । म हिजो पनि मन्त्री थिए, आज पनि छु । र निरन्तर मन्त्रालयको काममा व्यस्त छु’ उनले भने ।

मेटमणि चौधरी भन्छन्, ‘हिजोको निर्णय परिवर्तन भएको छैन्’

यसैबीच शहरी विकास मन्त्रीको रुपमा प्रस्तावित भनिएका मेटमणि चौधरीले यसअघिका मन्त्रीहरु फिर्ता गर्ने भन्ने निर्णय नभएको बताएका छन् । उनले हिजोको सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाई आफू लगायत पाँच जनालाई नयाँ मन्त्रीको रुपमा गठबन्धन सरकारमा पठाउने निर्णय भएको दावी गरे ।

‘आज समाचारहरु गलत रुपमा आईरहेका छन् । यसअघिका मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको हो । र नयाँ पठाउने निर्णय भएको हो । अहिले हिजोको निर्णय लागू नहुने भयो भनेर जो समाचार आएको छ । त्यसमा सत्यता छैन्,’ उनले भने।

उनले आफ्नो पार्टीले गरेको निर्णयलाई प्रधानमन्त्री देउवाले असहमति जनाउन नमिल्ने जिकीर पनि गरे ।

‘कसलाई पठाउने कसलाई फिर्ता बोलाउने भन्ने त पार्टीले गर्ने निर्णय हो । प्रधानमन्त्रीले यसमा हस्तक्षेप गर्ने कुरै आउँदैन्,’ उनले भने ।

उनले अन्योलताकै कारण आज हुने भनिएको आफूहरुको सपथ समेत अन्योलमा परेको बताए ।

यसैबीच नेकपा एसबाट मन्त्रीहरु फिर्ता गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निष्कर्शमा शीर्ष नेताहरु पुगेका छन् । बालुवाटारमा केही बेर अघि बसेको प्रधानमन्त्री देउवा, नेकपा एसका अध्यक्ष नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु बसेर सहमति गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *