भारतमा एकैदिन ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

नयाँदिल्ली, २० जेठ । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो ।

बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *