स्वास्थ्य बीमाको विषयमा ‘ब्याक’ भए अर्थमन्त्री, भने- ‘स्वास्थ्य बीमालाई अर्को ठाँउबाट लागू गर्ने कुरा बिल्कुल छैन’

काठमाडौँ, २० जेठ । अर्थ मन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा बोर्डबाटै सञ्चालन हुने बताएका छन् । गत १५ जेठमा प्रस्तुत गरेको बजेट उठाइएका प्रश्नहरुको उत्तर दिने क्रममा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने अधिकार बोर्डसंग रहेको भन्दै उसैले सञ्चालन गर्ने बताएका हुन् ।

गत १५ जेठमा प्रस्तुत बजेट बतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा बारे उल्लेख छ । त्यसमा भनिएको छ, स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ । बजेटमा आएको सो घोषणाको चौतर्फी बिरोध भएको थियो ।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, गगन थापा, गिरीराजमणि पोखरेल सहित नेताहरुले बीमाका विषयमा ल्याइएको नयाँ प्रस्तावको चर्को विरोध गरेका थिए । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती, कार्यकारी निर्देशक डा दामोदर बसौलाले ऐन विपरित बजेटमा बीमाबारेमा नयाँ कार्यक्रम ल्याइएको बताएका थिए ।

तर शुक्रबार संसदमा जवाफ दिने क्रममा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा बोर्डबाट नै हुने भन्दै यसलाई अझ प्रभावकारी बनाउन अध्ययन् गर्न खोजिएको बताए । उनले अध्ययन गर्ने नगर्ने जिम्मा समेत बोर्डकै रहेको बताए ।

बैठकमा  के भने मन्त्री शर्माले ?

स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको पनि छैन्, सञ्चालन हुने पनि होइन । मात्रै कुरा के हो भने स्वास्थ्य बीमा कार्यक्रम अहिले जहाँ छ त्यहिबाट नै परिचालन भईरहेको छ । सगसंगै त्यहि बीमा बोर्ड मार्फत नै अर्को पाटो पनि अध्ययन गरी हेरौ न के हुन्छ भनेर अध्ययन गर्ने विषय उठेको हुनाले यो कुरा ल्याइएको हो । अध्ययन गर्नका लागि यो भन्दा त्यो राम्रो कि त्यो भन्दा योे राम्रो कि भन्नका लागि सरकारी बिमा कम्पनी छन् त्यमो मार्फत अध्ययन गर्ने कुरा राखिएको हो । तर स्वास्थ्य बीमालाई अर्को ठाँउबाट लागू गर्ने कुरा विल्कुल छैन । जहाँ छ त्यहिबाट नै लागू हुन्छ अध्ययन गर्ने जिम्मेवारी पनि उसैलाई नै हुन्छ । अध्ययन गर्दा विग्रिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *