भारतमा कोरोनाको दैनिक संक्रमण करिब एक हजारले नै बढी

24
Shares

नयाँ दिल्ली, १९ जेठ । भारत बुधवार मध्य राति अर्थात् २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलवार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलवार तुलनामा बुधवार कोरोना सङ्क्रमितको सङ्ख्या ९६७ बढेको छ ।

गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो ।

हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.०५ प्रतिशत हो ।

बुधवार मध्य रातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको सङ्ख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ ।

अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ । भारतले बुधवार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना सुरु भएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

एएनआइ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *