विश्व सुर्तीजन्य पदार्थरहित दिवस : काठमाडौँ क्यान्सर सेन्टर र सीएसएएनले निकाल्यो प्रभातफेरी (फोटोफिचर)

काठमाडौँ, १७ जेठ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौँ क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवारनेश नेपाल (सीएसएएन)ले आज भक्तपुरमा बृहत जनचेतनामुलक प्रभातफेरीको आयोजना गरेको छ ।
प्रभातफेरीमा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, मिसेस नेपाल वल्र्ड बिजेता दीक्षा केसी सहित डा सिमित सापकोटा, डा सुवास पण्डित लगायतले अगुवाई गरेका थिए । सो अवसरमा उनीहरुले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा पु¥याएको क्षति र यसलाई रोक्दा हुने फाइदाको बारेमा जानकारी दिएका थिए ।
जनचेतनामुलक प्रभातफेरीको फोटोफिचर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




