मिर्गौला प्रत्यारोपण तथा डायलासिस, क्यान्सर र मेरुदण्डका पक्षघातका बिरामीलाई मासिक ५ हजार औषधि उपचार खर्च

काठमाडौँ, १५ जेठ । सरकारले मिगौला प्रत्यारोपण गरेका तथा डायलासिस गराईरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोगहरु भएका व्यक्तिहरु, मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई औषधि उपचार खर्च वापत मासिक रु ५ हजारका दरले उपलव्ध गराउने भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत बजेट भाषणमा सो जानकारी दिएका हुन् । उनले सो कार्यका लागि रु १ अर्व ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको समेत बताए ।

गतवर्ष भदौमा सरकारले पुरक बजेट ल्याउँदा यिनै रोगको उपचारका लागि मासिक ५ हजार रुपैयाँ खर्च उपलव्ध गराउने निर्णय गरेको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *