बजेट - २०७९ /०८० :

संसदमा बजेट भाषण : स्वास्थ्यको विषय के – के पर्‍यो ?

काठमाडौँ, १५ जेठ ।  आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरिरहेका छन् ।

बजेटमा स्वास्थ्यको विषय के के पर्‍यो ?

१. बैदेशिक रोजगारीमा गएका श्रमिकलाई टेलिमेडिसिन सेवा उपलव्ध गराईनेछ ।

२. सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निशुल्क गरेको छु ।

३. पेटस्क्यान मेसिन र साइक्लोट्रोन स्थापना गर्नका लागि ५० करोड विनियोजन गरेको छु ।

४ं. आगामी आर्थिक बर्षमा स्थानीय तहमा ५, १०, १५ बेडका ६५५ वटा अस्पताल निर्माण सम्पन्न हुनेछन् । त्यसका लागि १० अर्व विनियोजन गरेको छु ।

५ं. स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड रकम बिनियोजन गरेको छु ।

६. शैक्षिक सत्र सुरु हुनु अघि सबै विद्यार्थीको निशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छु ।

७. जेष्ठ नागरिक एकल महिला अपांगता भएका नागरिक दलित जेष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाती मानवविकास सुचकांक न्युन भएका २५ जिल्लामा ५ बर्ष सम्मका बालबालिका दलित बालबालिका लगायतलाई उपलव्ध गराई मासिक सुरक्षा भत्ता, औषधि तथा उपचार सहायता समेतका लागि रु १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ बिनियोजन गरेको छु ।

८. जेष्ठ नागरिकलाई विशिष्ठीकृत स्वास्थय सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु ।

९ . पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सुरुवात गरिनेछ ।

१०. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपण सम्वन्धी विशेषज्ञ उत्पादन गर्न सक्ने सक्षम प्रतिष्ठानको रुपमा विकास गरिनेछ । मिर्गौला रोगीहरुको निशुल्क प्रत्यारोपणको व्यवस्था मिलाईनेछ । सबै प्रादेशिक अस्पतालमा डायालासिस सेवा उपलव्ध गराउन र डायालासिस मेसिन खरीद गर्न २० करोड रुपैयाँ छुट्याएको छु । विपन्न मिर्गौला रोगी नागरिकहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छु ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *