आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक हुँदै

काठमाडौं, १५ जेठ । आज (आइतबार) दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्ने भएका हुन् ।

संविधानको धारा ११९ ले आर्थिक बर्षको बजेट १५ जेठमै गर्नु पर्ने मिति तोकेको छ । सोही अनुसार सरकारले आजै बजेट पेश गर्न लागेको हो ।

त्यसो त सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् ।

अपरान्ह ४ बजेबाट बजेट भाषण सुरु हुने भएकाले ३ बजेर ४५ मिनेट जानुभन्दा अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन उनले अनुरोध गरेका हुन् ।

बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्ने कार्य तालिका छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *