‘हरिबिजोक’ देखेपछि स्वास्थ्य सचिवले भनिन्, ‘हिड्न मिल्ने भएपनि भोली नै बनाउन भनेकी छु’

काठमाडौँ, १२ जेठ । अलिकति ठूलो पानी पर्नासाथ स्वास्थ्य मन्त्रालयको मूलद्धारबाट कर्मचारी तथा सेवाग्राहीलाई आउजाउ गर्न समस्या पर्ने गरेको छ । ढल मिश्रित भल थुनिएर ताल बन्दा आउ जाउ गर्न समस्या हुने गरेको हो ।

बिहीबार अपरान्ह परेको करिब १ घण्टाको बर्षाले मन्त्रालयको मूलद्धारासंगै वारपार नै जलमग्न बनाएको थियो । त्यसले कर्मचारी तथा सेवाग्राहीलाई मन्त्रालय भित्र बाहिर गर्न निकै अफ्टेरो बनाएको थियो ।

नेपाली हेल्थले ‘एक दर्को पानीले हरिबिजोक स्वास्थ्य मन्त्रालय’ शीर्षकमा फोटोफिचर प्रकाशित गरेको थियो ।

सो समाचार देखेपछि स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् । उनले कम्तिमा ठूलै वर्षा भएपनि कर्मचारी तथा सेवाग्राहीलाई जलमग्न भएर आउजाउ नै रोकिने अवस्था आउन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईसकेको बताएकी छन् ।

‘कम्तीमा हिड्न मात्र भएपनि भोली नै म्यानेज गर्न भनेकी छु । ढल र भलको सहज निकासका लागि भने केही समय लाग्ने देखियो,’ सचिव गुरागाईँले भनेकी छन् ।

कतिपय कर्मचारीहरुले भने मन्त्रालय होचो ठाँउमा रहेका कारण ठूलो पानी पर्दा यस्तो समस्या दोहोरिरहने गरेको बताउँछन् । ‘मुख्य ढल यो ठाँउ भन्दा उचाईबाट गएको छ । यहाँको पानीको निकास छैन् ।

त्यसैले पानी दर्कदा जलमग्न भईहाल्छ । चाहेर पनि यसलाई व्यवस्थित गर्न सकिएको छैन्,’ विहीबार अपरान्ह एक जना कर्मचारीले भनेका थिए । तर एक जना सेवाग्राहीले भने समस्या ढल र भलको व्यवस्थापन नगर्दाको हो भन्दै त्यसको समाधानका लागि विशेष पहल गर्नुपर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *