७५ औँ विश्व स्वास्थ्य सम्मेलन

यी हुन् ‘ग्लोबल हेल्थ लिडर्स’बाट सम्मानित हुनेहरु

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो संस्थालाई अगाडी बढाउन उत्कृष्ठ योगदान गर्ने छ जना व्यक्ति तथा संस्थालाई ग्लोवल हेल्थ लिडर्स अवार्ड प्रदान गरेका छन् ।

आइतबारबाट स्वीजरल्याण्डको जेनेभामा सुरु भएको ७५ औं विश्व स्वास्थ्य सम्मेलनको उदघाटन सत्रमा उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् । यो अवार्डका लागि कसलाई छनौट गर्ने भनेर डा टेड्रोस आफैले निर्णय लिने गर्दछन् ।

अवार्ड प्रदान गर्नु अघि बोल्दै डा टेड्रोसले विश्वमा असमानता, द्धन्द, खाद्य असुरक्षा, जलबायु संकट र महामारीको अभूतपूर्व अभिसरणको बेला यो पुरस्कारले विश्वभर स्वास्थ्य संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुरयाउनेहरुलाई सम्मान गर्दछ भनेका थिए ।

ग्लोबल हेल्थ लिडर्सबाट सम्मानित हुनेहरु

डा पल फारमर
डा फारमरको गत फेब्रअरी महिनाको एक रात रुवान्डामा सुतेकै अवस्थामा निधन भएको थियो । उनी हार्वड मेडिकल स्कुलको ग्लोबल हेल्थ र सोसोसियल मेडिसिनको सहसंस्थापक थिए । उनले बिरामी र गरिबीमा बाँचिरहेकाहरुलाई प्रत्यक्ष स्वास्थ्य सेवा अनुसन्धान र पैरवी गर्न सन् १९८७ मा खोलेको अन्तराष्ट्रिय गैरसरकारी संस्था पाटनर्स ईन हेल्थका सह संस्थापक र प्रमुख रणनीतिकार थिए ।

उनले स्वास्थ्य, मानव अधिकार र सामाजिक असमानताका नतिजाबारेमा नियमित रुपमा लेख लेख्ने गरेका थिए । आइतबार सो अवार्ड वुमन एण्ड गल्र्स इनिसिएटिभका सह संस्थापक र अध्यक्ष विङडी दिदी बट्र्रान्डले आफ्नो स्वर्गीय पतिको तर्फबाट अवार्ड ग्रहण गरिन ।

डा अहमद हंकिर

बेलायती – लेवनानी मनोचिकित्सक डा हंकिर क्याम्ब्रिज विश्वविद्यालयसंगको सहकार्यमा मानसिक स्वास्थ्य अनुसन्धान केन्द्र र युकेको किंस कलेज लण्डनमा मनोचिकित्सा एकेडेमिक क्लिनिकल फेलो हुन् ।

उनी दक्षिण लण्डन र मउडस्ले एनएचएस फाउउन्डेशन ट्रष्टमा एनएचएसका लागि फ्रन्टलाइन मनोचिकित्सामा पनि काम गर्दछन् । यस्तै अमेरिकाको केप क्यानाभेरलमा क्यारिङ इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजमा शैक्षिक मनो चिकित्साका भिजिटिङ प्रोफेसरको रुपमा समेत सेवा गर्दछन् ।

उनी द वाउन्डेड हिलरका लेखक हुन् । उनी इस्लामोफोविया र हिम्सात्मक चरमपन्थीहरुका बीमा पनि मानसिक स्वास्थ्य प्रदान गर्ने स्वास्थ्यकर्मीका रुपमा समेत परिचित छन् ।

लुडमिला सोफिया ओलिभेरा भरेला
भरेला काबो भर्डेका युवा खेलकुद अभिवक्ता र काबो भर्डे राष्ट्रिय भलिवल टोलीका खेलाडी हुन् । उनले सबैका लािग खेलकुदमा पहुँच सहज बनाउने कामले युवाहरु माझ जोखिमपूर्ण व्यवहारको लागि स्वस्थ विकल्प प्रदान गर्ने कार्यमा क्रियाशिल छन् । उनले प्रिया शहरमा युवाहरुका लागि साप्ताहिक प्रशिक्षण सत्रहरु सञ्चालन गर्छिन् ।

सन् २०२१ मा उनी युनेस्कोद्धारा सञ्चालित पावर अफ स्पोर्टस इन अ टाइम अफ क्राइसिस को विश्वव्यापी प्रतियोगितामा फाइनलमा छनौट भएकी थिईन् । उनले अफ्रिकी क्षेत्रका धेरै खेलकुद प्रतियोगितामा पुरस्कारहरु प्राप्त गरेकी छन् ।

अफगानिस्तानका पोलियो कार्यकर्ता
सन् २०२२ को २४ फेब्रअरीमा अफगानिस्तानको तखार र कुन्दुज प्रान्तमा सशस्त्र बन्दुकधारीहरुले गोली हानी मारेका ८ जना स्वयंसेवी पोलियो कार्यकर्तालाई पनि यसपटक सम्मान गरियो । त्यसबेला बन्दुकधारीको आक्रमणमा परेकामध्ये ४ जना महिला थिए ।

ती आठ जना स्वयंसेवक उत्तरपूर्वी अफगानिस्तानमा घर घर अभियान मार्फत हजारौ बालबालिकासम्म पुगेका थिए । मरणोपरान्त सम्मान पाउनेहरुमा मोहमद जुबैर खलाजाई, नजिबुल्लाह कोशा, शादाब योसुफी, शरीफुल्लाह हेमाती, हसिबा ओमारी, खादिजा अत्ताई, मुनिरा हाकिमी, रोबिना योसुफी र उनका भाई शादाब थिए ।

एएसएचए (एक्रिडिएट सोसियल हेल्थ एक्टिभिस्ट वर्कर)
एएसएचए जसको हिन्दीमा अर्थ आशा हो । यो संगठनमा भारतका १० लाख बढी महिला स्वयंसेवकहरु आवद्ध छन् । जसले समुदायलाई स्वास्थ्य प्रणालीसंग जोडन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ग्रामिण क्षेत्रमा बस्ने गरीबहरुले प्राथमिक स्वास्थ्य सेवालाई पहुँचमा पु¥याउन यो संस्थाले निकै ठूलो योगदान गरेको छ ।

आशाले मातृत्व हेरचाह, खोपबाट बच्न सकिने रोगहरु, सामुदायिक स्वास्थ्य सेवा, उच्च रक्तचाप र क्षयरोगको उपचार तथा पोषण सरसफाई र स्वस्थ जीवनको लागि स्वास्थय प्रवद्र्धनका कामहरु गर्दै आएको छ ।

योही सासाकावा
सासाकावा कुष्ठरोग उम्नुलनका लागि डब्लुएचओका सदभावना दुत हुन् । उनी कुष्ठरोगबा प्रभावित मानिसहरुको मानव अधिकारका लागि जापानका राजदूत समेत हुन् ।

सासाकावाले ४० वर्ष भन्दा बढी समय देखि कुष्ठरोगका साथै यसको कलंक र सामाजिक भेदभावविरुद्ध विश्वव्यापी लडाई जारी राखेका छन् ।

जापानको सबैभन्दा ठूलो परोपकारी प्रतिष्ठान द निप्पोन फाउन्डेशनको अध्यक्षको रुपमा कार्यरत उनी आधुनिक जापानमा निजी क्षेत्रद्धारा सार्वजनिक हितका गतिविधिहरु गर्ने पाइनियर व्यक्तिको रुपमा परिचित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *