तौल घटाउने सर्जरी गर्दा भारतीय अभिनेत्रीको ज्यान गयो

एजेन्सी । तौल घटाउने सर्जरी गर्दा एक भारतीय अभिनेत्रीको मृत्यु भएको छ । दक्षिण भारतको कन्नड टेलिभिजनकी अभिनेत्री चेतना राजको बेङलोरको एक निजी अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

२१ वर्षीया अभिनेत्री पछिल्लो कहेी दिन देखि अस्पतालमा भर्ना भएकी थिईन । उनले केही दिन अघि मात्रै शरीरको तौल घटाउन शल्यक्रिया गरेकी थिईन् ।

सोमबार उनको शल्यक्रिया गरिएको थियो तर त्यसपछि स्वास्थ्य विग्रियो । झन् झन् स्वास्थ्य विग्रँदै जाँदा फोक्सोमा पानी जमेको पाइएको थियो ।
मृत्युपछि उनका परिवारले मेडिकल लापरवाहीको मामिला भन्दै कारवाहीको लागि प्रहरीमा उजुरी दिएको बताइएको छ ।

चेतनाराज कन्नड टेलिभिजनबाट प्रशारण हुने गीता र दोरस्वामी जस्ता लोकप्रिय टेलिसिरियलहरुमा काम गरिसकेकी थिईन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनको तौल घटाउन भन्दै सोमबार लाइपोसक्सन विधिबाट कस्मेटिक सर्जरी गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *